नारायणहिटी सङ्ग्रहालयमा राखिएकाे श्रीपेच चोर्न खोज्ने पक्राउ

नारायणहिटी सङ्ग्रहालयमा राखिएकाे श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको पुर्वराजाको श्रीपेच चोर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार विहान अवलोकनका क्रममा त्यहाँ पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले श्रीपेज चोर्न खाजेपछि उनलाई पक्राउ गरिएको थियो ।

श्रीपेच चोर्न खोज्ने क्रममा उनलाई सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पक्राउ गरेका थिए । हाल घर्ती नेपाली सेनाको नियन्त्रणमा छन् ।

श्रीपेच निकाल्न खोज्ने क्रममा उनले सिसा फुटाएका थिए । सोही क्रममा घर्तीको हातमा सामान्य चोट समेत लागेको सेनाले जनाएको छ ।