समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा

समाज कल्याण परिषद्का पदाधिकारीहरूको  सामूहिक राजीनामा

 समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

विभिन्न कारणहरु देखाउँदै राजीनामा दिएका उनीहरुले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन लागेका छन् ।

बिहीबार नै परिषद्का पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् । समाज कल्याण  परिषद् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्छ । परिषद्को अध्यक्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।

परिवर्तित परिस्थितिका कारण आफूहरुले सामूहिक राजीनामा दिइएको उनीहरुले बताएका छन् । परिषद्को पदाधिकारीमा उपाध्यक्ष डा पदम प्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल,  गोविन्द बहादुर शाही सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ मनिराम बन्जाडे, सञ्जय कुमार शाह छन् ।

‘नयाँ मन्त्री आएपछिमात्रै बाहिरिने भनेका थियौं । तर, सरकारले दबाब दिएकाले सिंगै टिमले नै राजीनामा दिन लागेका हौं । सरकारले यस क्षेत्रमा गरेको रवैया र आफूहरूको कार्यकालमा हासिल गरेको उपलब्धि सार्वजनिक गरेर छाड्छौं । अहिलेको सरकारलाई छिट्टै सजिलो बनाइदिएको हौं ।’

राजीनामा दिन लागेका पदाधिकारीहरू केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।