संवैधानिक इजलाससम्बन्धी विवाद आज टुंगो लाग्ने, न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा चढ्यो पेसी

संवैधानिक इजलाससम्बन्धी विवाद आज टुंगो लाग्ने, न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा चढ्यो पेसी

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनैपर्ने मागसहित परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी चढेको छ । यो मुद्दाको टुंगो आजै लगाउने तयारी भएको बताइन्छ । 

अधिवक्ता डा गणेश रेग्मीले दर्ता गराएको रिटमाथि यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्च अदालत, न्याय परिषद सचिवालय र कानून व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गरिएको उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन आदेश दिएका थिए ।

साथै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश पनि जारी भएको थियो । विपक्षीले लिखित जवाफ पेश गरिसके पछि उक्त मुद्दा सुनुवाइका लागि पुनस् पेसी चढेको हो ।