बाइडेनले आयोजना गरेको भर्चुअल सम्मेलनलाई देउवाको सम्बोधन (भिडिओसहित)

बाइडेनले आयोजना गरेको भर्चुअल सम्मेलनलाई देउवाको सम्बोधन (भिडिओसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड-१९ सम्मेलनलाई सम्बोधन गरेका छन् । राष्ट्रसंघीय महासभाको छेकोमा बाइडेनले विश्व नेताहरुलाई आयोजना गरेको उक्त सम्मेलनमा नेपालले पनि भाग लिएको हो ।

सम्बोधनमा देउवाले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए । खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड-१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए । नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । 

यता पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।