'अब पार्टीले जे भन्छ त्यही गर्छौँ’

'अब पार्टीले जे भन्छ त्यही गर्छौँ’


काठमाडौं । नेकपा एमालका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनमा आफूहरूको निरन्तरता नरहनसक्ने बताएका छन् । सोमबार साँझ उनकै निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले पहिले पार्टीलाई एकताबद्ध बनाउने भन्दै गठबन्धनमा निरन्तरता नरहन सक्ने बताएका हुन् ।

बैठकबारे जानकारी दिँदै नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति सिर्जना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको बताए । 

“गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकताबद्ध बनाउँछौँ । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ । सिङ्गो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो,” नेपालको भनाइ उद्धृत गर्दै उनले भने ।

एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै नेपालले सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको पन्तको भनाइ छ ।