राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शनिवार साँझ शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको यो भेटघाट नियमित भएको स्रोतले बतायो ।