प्रचण्डको दौडधुप : नेता नेपाललाई भेटे लगतै किन पुगे बूढानीलकण्ठ ?

प्रचण्डको दौडधुप : नेता नेपाललाई भेटे लगतै किन पुगे बूढानीलकण्ठ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच शनिबार दिउँसो सवा ३ देखि अपराह्न ४ बजेसम्म करिब ४५ मिनेट भेटवार्ता भएको स्रोतले जानकारी दियो । देउवालाई भेट्न प्रचण्ड उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

यसअघि, शनिबारै प्रचण्ड नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । त्यहाँ प्रचण्ड र नेपालबीच केही बेर छलफल भएको थियो । 

एमालेको अन्तरिक विवाद समाधानमा नेताहरु सक्रिय रहेका बेला प्रचण्डले देउवा र नेपालसित छलफल गरेका हुन् । यी तीन नेताहरु विपक्षी पाँचदलीय गठबन्धनमा सहकार्य गरेर अघि बढेका छन् ।