हामीसँग सरोकारै नराख्ने व्यक्तिले हाम्रो खारेजी माग गर्नु हास्यास्पद: माओवादी केन्द्र

हामीसँग सरोकारै नराख्ने व्यक्तिले हाम्रो खारेजी माग गर्नु हास्यास्पद: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले आफ्नो दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको छ। नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताले माओवादी केन्द्र खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका छन्। 

सोही सम्बन्धमा शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी आफ्नो दलसँग सरोकारै नभएका व्यक्तिले आफ्नो खारेजी माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेको हो। 

साथै यस्ता अनधिकृत निवेदन दर्ता गर्ने काम आइन्दा नगर्न भन्दै उसले निर्वाचन आयोगलाई सचेतसमेत गराएको छ।