पूर्वमाओवादी नेताहरुको छटपटीः आज पनि निर्वाचन आयोग जाँदै

पूर्वमाओवादी नेताहरुको छटपटीः आज पनि निर्वाचन आयोग जाँदै

काठमाडाैं । पूर्व माओवादीका चार नेता आज निर्वाचन आयोग जाने भएका छन् । बुधबार आयोगमा अधिवक्ता सरोज बुढाथोकीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

सोही विषयमा बुझ्न टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज आयोग जान लागेका हुन् । लेखराज भट्ट भने विरामी भएकाले जान नसक्ने बताईएको छ ।

यी नेतालाई नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । उनीहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेकोमात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।