बार्गेनिङ नमिलेपछि: एमाले प्रवेश गरेका नेताले निवेदन दिँदैमा माओवादी केन्द्र खारेज हुन्छ ?

बार्गेनिङ नमिलेपछि: एमाले प्रवेश गरेका नेताले निवेदन दिँदैमा माओवादी केन्द्र खारेज हुन्छ ?

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। पूर्वमाओवादीकै नेताहरूले निवेदन दर्ता गराएका हुन् ।

यो निवेदन परेसँगै माओवादी अध्यक्ष प्रचण्डमाथि नैतिक प्रश्न उठेको देखिन्छ । उनले नेतृत्व गरेको पार्टीको बैधानिकतामाथि त्यही पार्टीका पूर्व नेताहरूले प्रश्न उठाएपछि प्रचण्डमाथि दवाव पर्नु र नैतिक प्रश्न उठ्नु स्वाभाविक भएको बताइन्छ । तर यो बिषय माओवादीका पूर्वनेताहरूले दाबी गरेको भन्दा फरक भएको माओवादीका नेता बताउँछन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता खारेजीको मागसहित आयोगमा निवेदन दर्ता भएका बताए। उनले भने, ‘दल दर्ता खारेजीको माग गर्दै एउटा निवेदन दर्ता भएको छ।’ माओवादी केन्द्र प्रचलित कानून र विधानसम्मत नचलेको भन्दै दर्ता खारेज गर्न माग गरिएको छ।

माओवादीका पूर्वनेताहरूले बुधबार माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका हुन्। अधिवक्ता सरोज बुढाथोकीको नामबाट निवेदन दर्ता भएको आयोगले जनाएको छ। माओवादी केन्द्रका पूर्वनेता लीलबहादुर थापा लगायत आयोग पुगेका थिए।

माओवादीका पूर्वनेताहरूले निवेदन दर्ता गरेपनि माओवादी केन्द्र भने खारेज नहुने निर्वाचन आयोग स्रोतले बताउँछ । स्रोतका अनुसार यो बिसय अलि जटिल भएकाले निर्वाचन आयोग यसमा फस्न चाहन्न । एकपटक खारेज भैसकेर अर्कैले दर्ता गैसकेको पार्टी अदालतको कारण फेरि ब्युँतिएको कारण पनि यो प्रक्रिया जटिल बन्ने देखिन्छ ।

एकातिर कोरोनाको महामारी र अर्कातिर पछिल्लो चार वर्षमा भएको राजनीतिक महामारीका कारण पनि यो खारेजी सम्भव देखिन्न । अर्कातिर यो सवोच्च अदालत पसिसकेको बिषय हो । केहि अवधिलाई सुन्य समय मान्न सकिन अस्वस्था भएकैले पनि खारेजी सम्भव नभएको आयोगका एक पदाधिकारी बताउँछन् ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले माओवादीका पूर्वनेताहरूले प्रचण्डसँग बार्गेनिङ नमिलेपछि धम्क्याउन निवेदन दर्ता गरेको बताउँछन् । उनका अनुसार केहि नेताहरूले मन्त्रीबाट हटेपछि पार्टीमा फर्किन चाहेका थिए । उनीहरको कुरालाई अध्यक्ष प्रचण्डले स्वीकार नगरेपछि उनीहरू के गर्न सकिन्छ भनेर लागेका हुन् ।

केहिदिन अगाडी पूर्वमाओवादीबाट एमालेमा गएका नेताहरू टोपबहादुर रायमाझी र प्रभु शाहले माओवादीमा फर्किन चाहेको सुचना प्रचण्डलाई पठाएका थिए । तर प्रचण्डले यथास्थिमा पार्टीमा कुनै स्थान नरहेको सुचना पठाएका थिए । त्यसलगत्तै एक कार्यक्रममा प्रभ साहले माओवादी केन्द्र र प्रचण्ड अवैधानिक भएको बताएका थिए भने टोपबहादुरले भ्रम फैलाउन खोजिएको भन्दै विज्ञप्ति निकालेका थिए ।