काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा बसेको हो । नेकपा विवाद समाधानउन्मुख भएको नेताहरुले बताएका छन् । बुधबार बसेको बैठकपछि नेताहरुले आजको बैठकबाट निष्कर्षमा पुग्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए ।
त्यसो त बुधबार साँझ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा छलफल भएको थियो । वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । तर, नेताहरुले भने वार्ता सकारात्मक भएको बताएका छन् ।
त्यस्तै, कार्यदलको बैठकअघि आज नेताहरु भीम रावल र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका छन् । रावलले बैठकअघि नेता नेपालसँग पनि छलफल गरेका छन् ।