आज अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

आज अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। 

बिहीबार रातिपनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहँदा। सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।