काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।
बुधबार शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग करिब दुई घण्टा छलफल गरेको स्रोतले जानकारी दियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम फैसला आउने तयारी भइरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।