एमाले कार्यदल निष्कर्ष नजिक, ओली-नेपाललाई भेटेर अन्तिम रुप दिने तयारी

एमाले कार्यदल निष्कर्ष नजिक, ओली-नेपाललाई भेटेर अन्तिम रुप दिने तयारी

काठमाडौं । नेकपा (एमाले)भित्र देखिएको आन्तरिक विवाद समाधानउन्खुम भएको छ। विवाद समाधान कार्यदलत एकताको सहमतिनजिक पुगेको छ। अब, कार्यदलमा रहेका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिलाई अन्तिम रुप दिने तयारी गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको बैठक निष्कर्षजनिक पुगेको दुवै पक्षका नेताहरूले बताए। भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक नै अन्तिम बैठक बनाउने उनीहरूको तयारी छ। 

‘आवश्यक पर्दा दुवै नेतालाई (ओली-नेपाल) भेट्ने वातारण बन्न सक्छ। दुवै नेताबीच भेटवार्ता हुनसक्छ’, ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले बैठकपछि भने, ‘भोलिसम्ममा एकतामा पुर्‍याउनका लागि लागिरहेका छौं। दुवै पक्षका नेताहरुसँग थप छलफल गर्नेगरि आजको बैठक स्थगित गरेका छौं।’

नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विस्टले पनि झण्डै झण्डै निष्कर्षमा पुगिसकेको बताए। उनले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा पुर्‍याउने विषयमा सहमति जुटेको र केही विषय मात्रै बाँकी रहेको बताए।

‘हाम्रा बीचमा जुनखालको अविश्वास थियो त्यो करिब अन्त्य भएको छ। अविश्वासको खाडल कम भएर विश्वास आर्जन भएको छ’, विष्टले भने, ‘सबै विषयमा गम्भीरताका साथ छलफल गरेका छौं। पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्‍याउन लागिरहेका छौं। आज र भोलि नै भनेर दिन त नतोकौं तर, छिट्टै निष्कर्षमा पुग्छौं।’

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि भोलिसम्म विवाद टुंग्याउने गरि लाग्ने बताए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने उनको भनाइ थियो। 

एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल निष्क्रिय थियो तर सोमबारदेखि कार्यदल फेरि सक्रिय भएसँगै निरन्तर बैठक बस्दै आएको छ। कार्यदल सक्रिय भएसँगै सोमबार र मंगलबार छलफल भएका थिए। 

कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। 

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।