आज थपिए २ हजार ६३४ कोरोना संक्रमित , थप १५ जनाको मृत्यु

आज थपिए २ हजार ६३४ कोरोना संक्रमित , थप १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३४ जना संक्रमित थपिएका छन् । १२ हजार ५८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ५६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।