एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं ।  एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। यसअघि सोमबार पनि कार्यदल ब्यूँतिएलगत्तै यसको पहिलो बैठक बसेको थियो।

एमाले कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, बिष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल छन्। त्यस्तै, माधव कुमार नेपाल पक्षमा भीम रावल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

सोमबारको बैठकमा यसअघि कार्यदल भंग भएयता पार्टी एकताका लागि अनौपचारिक रुपमा भएका छलफल र त्यसको प्रगतिबारे दुवै पक्षबाट रिर्पोटिङ भएको थियो। सोमबारको बैठक सकारात्मक रहेकाले मंगलबार पनि बैठकले निरन्तरता पाएको हो।

कार्यदलका एक सदस्यले भने,‘ हामी सहमति नजिक छौँ। सम्भवत अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य पनि निकाल्नु हुनेछ। बैठक आज पनि बस्दैछ।’

यो बीचमा कार्यदलका सदस्यहरुले ओली र नेपालबीच एक्लाएक्लै वार्ताका लागि पनि दबाब दिइरहेका छन्।