माओवादी केन्द्र छाडेर एमालेतिर लागेका चार निवर्तमान सांसद सर्वोच्च अदालत जाने तयारीमा छन् । निवर्तमान सांसद टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी आफुहरुलाई असंवैधानिक ढंगले प्रतिनिधिसभा सदस्यबाट हटाइएको दावी गर्दै अदालत जाने तयारीमा लागेको बताईएको छ ।
त्यसका लागि उनीहरुले कानुनी परामर्श तीव्र बनाउनुका साथै रिट निवेदनको ड्राफ्ट तयार गरिसकेका छन् । माओवादीको सिफारिसका आधारमा उनीहरु पदमुक्त भइसकेको अवस्थामा ती ४ नेताले आफूहरुमाथि भएको कारबाही र पदमुक्त सम्बन्धी निर्णय अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।
अहिले प्रतिनिधिसभा विघटन अवस्थामा रहेको र सो प्रकरणमा बहस सकिएर फैसला आउने मिति तोकिएको सन्दर्भमा अब सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिए त्यसको भोलिपल्टै आफूहरु अदालत जाने एक नेताले बताए ।