पछिल्लो चौबीस घण्टामा २,६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा २,६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधीमा २ हजार २११ संक्रमित निको भएका छन् । चौबीस घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको छ । 
नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ । संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६९० छ ।