अपहरणमा परेकी भनिएकी चितवनकी सुजिता भण्डारीको शव यस्तो अवस्थामा भेटियो

अपहरणमा परेकी भनिएकी चितवनकी सुजिता भण्डारीको शव यस्तो अवस्थामा भेटियो

चितवन । अपहरणमा परेकी भनिएकी चितवनकी युवती मृत फेला परेकी छन् । चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी छन् ।

तरकारी किन्न भन्दै असार ११ गते निस्किएकी भण्डारी आफैले घरमा फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । बिहान निस्किएकी उनले दिउँसो १२ बजे आफ्नै दिदीलाई फोन गरेर अपहरणमा परेको बताएपछि खोजीकार्य भैरहेको थियो ।

परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार बिहानमात्रै शव उठाइने बताएको छ ।

शव भेटिएको स्थल शील गरेर राखिएको छ । फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ ।