ओलीले भेट्न गरेको आग्रह नेपालद्वारा अस्वीकार

ओलीले भेट्न गरेको आग्रह नेपालद्वारा अस्वीकार

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालले आफ्नो फोन उठाउन र भेट्न अस्वीकार गरेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले भने,  ‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ । २०-२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन,’ उनले भने,  ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’