एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक बस्दैछ। बिहान ११ः ३० बजे स्थायी कमिटीको बैठक बस्न लागेको वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता गंगालाल तुलाधरले जानकारी दिए। 

‘आज हाम्रो स्थायी कमिटीका नेताहरुको बैठक बसेर आवश्यक छलफल गर्दैछौं,’उनले भने,‘संस्थापन पक्षले गरेको निर्णय र त्यसको आधिकारिक धारणा सार्वजनिक हुन्छ।’

त्यसअघि अहिले नेताहरुले आन्तरिक छलफल र संवाद गरिरहेका छन्। नेकपा एमालेको संस्थापन पक्षले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। असार १८ गते शुक्रबारका लागि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।