नेतात्रयको लञ्च मिटिङ: शुक्रबार केन्द्रीय सदस्यहरूको भेला डाकियो

नेतात्रयको लञ्च मिटिङ: शुक्रबार केन्द्रीय सदस्यहरूको भेला डाकियो

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको छ । यही क्रममा ३ प्रभावशाली नेताहरू आज पनि छलफलमा जुटेका छन् । काठमाडौं । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा जुटेका तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला आज बिहान सिंहको घरमा ‘लञ्ज मिटिङ’मा बसेका थिए । महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको पूर्वमहामन्त्री सिंहले जानकारी दिए ।

नेताहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि छुट्टै छलफल गर्ने निष्कर्षका साथ नेताहरू उठेका छन् । साथै १३ औं महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूसँग पनि छलफल थाल्ने बताइएको छ ।