आज थपिए २४४४ जनामा कोरोना संक्रमित, ४२ जनाको मृत्यु

आज थपिए २४४४ जनामा कोरोना संक्रमित, ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८८ हजार १८७ पुगेको छ।