काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।
जननेता मदन भण्डारीको जन्मजयन्तीमा नेता नेपालले गरेको अपिलप्रति कटाक्ष गर्दै बाँस्कोटाले सोमवार ट्वीट गरेका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कम्युनिस्ट एकताका लागि अपिल गरेका थिए ।
त्यसपछि नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिस्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गरेको रहेछ । कुरा राम्रै हो । तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो रु कन्फ्युज्ड भैयो । जननेताप्रति श्रद्धाञ्जलि !’