प्रधानन्यायाधीशको प्रश्न- 'राष्ट्रपतिले प्रधानमन्त्री स्वीकार या अस्वीकार गर्ने आधार के हो ?'

प्रधानन्यायाधीशको प्रश्न- 'राष्ट्रपतिले प्रधानमन्त्री स्वीकार या अस्वीकार गर्ने आधार के हो ?'

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आउने आवेदन स्वीकार या अस्वीकार गर्ने आधार के हो भन्दै महान्यायाधिवक्तालाई प्रश्न गरेका छन्। 

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइका क्रममा सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा महान्यायाधिवक्ता रमेश बडाललाई यस्तो प्रश्न गरेका हुन्। 'संविधानको धारा ७६ को  उपधारा ५  मा आधार प्रस्तु गरेको भनिएको छ। त्यसलाई स्वीकार गर्ने या नगर्ने भन्ने राष्ट्रपतिको आधार के हो?', उनले सोधे। 

यो आधार शंकास्पद, विवादास्पद र अविश्वसीय छ भने राष्ट्रपतिले परीक्षण गर्न पर्छ कि पर्दैन वा त्यसका आधार के हुने भनेर प्रधानन्यायाधीशले सोधेका हुन्।