काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले १६ गते बिहान ११ बजे बस्ने आयोजक कमिटी बैठकमा मौजुदा संरचना खारेज गरी साविकको केन्द्रीय कमिटीमा फर्कने तयारी गरेका हुन् । नेकपा एमालेका नेता विष्णु रिजालले यसबारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ उनले ट्विटरमा भनेका छन् ।