भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो। स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको छ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन।