आज पनि हुँदैछ कांग्रेसका तीन नेताको लञ्च मिटिङ

आज पनि हुँदैछ कांग्रेसका तीन नेताको लञ्च मिटिङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ । उनीहरुबीच कोइराला निवास महाराजगञ्जमा लञ्च मिटिङ भएको हो । छलफल महाधिवेशनमा केन्द्रित रहेको बताइएको छ । 

“उहाँहरुको लञ्च मिटिङ हो । साढे ११ बजेपछि सुरु भएको हो । महाधिवेशनमा नेतृत्व परिवर्तन र मिलेर जाने विषयमा छलफल भएको हो । अस्तिको बैठकको निरन्तरता हो,” स्रोतले भन्यो । 

उनीहरुबीच केही दिनअघि भेटभएको थियो ।