प्रचण्डले राष्ट्रपति भन्दा राजा ठीक भनेपछि सूर्य थापाले दिए यस्तो प्रतिक्रिया

प्रचण्डले राष्ट्रपति भन्दा राजा ठीक भनेपछि सूर्य थापाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्र नै वैधानिक नभएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशन नगरी चलेकाले प्रचण्ड र माओवादी केन्द्र वैधानिक नभएको उनले शुक्रवार सामाजिक सञ्जालमा लेख्दै जनाएका छन् ।

उनले भनेका छन्,'पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्। निर्वाचन आयोग, प्रचण्ड र माओवादी केन्द्रको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ। २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन्। अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?'

उनल] kfर्टी वैधानिक हुन अनिवार्य कानून परिपालना गरेको हुनैपर्ने बताउँदै गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन नमिल्ने बताएका छन् । उनले भनेका छन्,'कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ। बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्।'