आज पनि ‘भारी वर्षा’को सम्भावना, सतर्क रहन आग्रह

आज पनि ‘भारी वर्षा’को सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको हो ।

महाशाखाले आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी प्रदेश नं। १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।