संवैधानिक अंग कब्जा गर्न खोजियो, आवश्यक परे जनपरिचालन: देउवा

संवैधानिक अंग कब्जा गर्न खोजियो, आवश्यक परे जनपरिचालन: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका छन् ।

बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको उनको भनाइ छ । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले भने, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’

देउवाले भने, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’ उनले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथ खोजेका छन् ।