जातका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त : डा भट्टराईले दिए यस्तो प्रतिक्रिया

जातका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त : डा भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा सबैले साथ दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रुपाले गरेको जातीय विभेद विरुद्धको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका हुन्।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा। भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं ! ’

बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि कोठा दिन इन्कार गरेकी थिइन् ।