‘राष्ट्रपतिले मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो’

‘राष्ट्रपतिले मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो’

काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरिरहेका छन् । उनले बहसका क्रममा विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरे । 

‘परिवेश उस्तै रहेको भन्दै ७६ (४) मा उहाँ जान चाहनु भएन। विश्वासको मत पहिले नपाएर फेरि दाबी गर्न मिल्छ ?’, बन्दीले प्रश्न गरे। उनले केपी शर्मा ओलीले गरेको दाबी गलत भएको बताए ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने निश्चित भएको उनले तर्क गरे । 
हस्ताक्षरको प्रसंगमा बन्दीले नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क गरे ।

‘माधव नेपालको बहुमत छैन भन्ने राष्ट्रपति को ?, राजनीतिक दलसम्बन्धी ऐनले कुन पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ ।’ बन्दीले भने, ‘माधव नेपालको बहुमत पुग्दैन भनेर उहाँले भन्ने हो रु परीक्षण कहाँ भएको छ रु यहाँ बच्चा दृढजस्तै राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो ।’