कोरोनाबाट थप ४६ जना संक्रमितको मृत्यु,२२९७ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप ४६ जना संक्रमितको मृत्यु,२२९७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।


देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्।