काठमाडौं उपत्यकामा संक्रमणदर न्यून, निषेधाज्ञा खुल्ने !

काठमाडौं उपत्यकामा संक्रमणदर न्यून, निषेधाज्ञा खुल्ने !

काठमाडौं । काठमाडौं उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०१, भक्तपुर  मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना  सङ्क्रमण भएको हो । अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो । निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको कोरोना सङ्क्रमण केही  दिनयता भने निरन्तर ओरालो लागिरहेको छ । 

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण  दर न्यून हुँदै गएको छ । यससँगै निषेधाज्ञा खोल्नेबारे तयारी भैरहेको बुझिएको छ ।