आज देशका यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशका यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशााखले जनाएको छ ।

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनानुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश–१, प्रदेश–२ तथा वागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना छ । साथै, प्रदेश–१, प्रदेश–२ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी–नाला तथा खहरे–खोलाहरुमा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।