निषेधाज्ञामै झण्डै २० हजार जना नेपाल आए, ३४ हजार विदेशिए

निषेधाज्ञामै झण्डै २० हजार जना नेपाल आए, ३४ हजार विदेशिए

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण डेढ महिनाभन्दा लामो समयदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञामा छ। निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक सम्पूर्ण गतिबिधि ठप्प छन्। आन्तरिक तथा बाह्य उडानहरु बन्द रहेका छन्। सरकारले  नेपाल आउने र नेपालबाट फर्कन चाहनेको लागि चार्टर विमानको व्यवस्था गरेको छ। जसको माध्यामबाट निषेधाज्ञाको अवधिमा झण्डै २० हजार जना नेपाल आएका छन्। 

नेपाल आएका १९ हजार ९ सय ६९ जनामध्ये २ हजार ४ सय २१ जना बिदेशी  छन्। १७ हजार ५ सय ४८ जना नेपाली रहेको अध्यागमन विभागले जनाएको छ। सोहि अवधिमा ३४ हजार १ सय ३ जना बाहिरिएका छन्। जसमा १३ हजार ७ सय १ जना विदेशी छन् भने, २ हजार ४ सय २ जना नेपाली रहेको अध्यागमन विभागका सूचना अधिकारी झम्कनाथ ढकालले जानकारी दिए। 

नियमित उडान बन्द रहे पनि नेपाल आउने र नेपालबाट फर्कनेको सख्या धेरै रहेको छ। आवत जावत गर्न  चाहनेका लागि सरकारले चार्टर विमानको व्यवस्था गरेको छ। ढकालका अनुसार नेपाल फर्कनेमा सबैभन्दा बढि भारत,कतार,चीन लगायतका नेपाली रहेका छन्। 

नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेसियाजस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय समेत गरेको छ। यी देशहरूबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्।