कर्णालीका तीन जना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णालीका तीन जना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरु नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।

नेपाल समूहका सांसदले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । कर्णाली प्रदेशसभामा एमालेका २० (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।