हात्तीसँग सेल्फी खिच्ने क्रममा एक जनाको मृत्यु

हात्तीसँग सेल्फी खिच्ने क्रममा एक जनाको मृत्यु

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीय मनोहर मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए । घाइते मियालाई न्युरो अस्पताल विराटनगरमा पुर्‍याउनेबित्तिकै स्वास्थ्यकर्मीले मृत्यु भएको पुष्टी गरेका थिए ।