‘यस्तो कलङ्क र अपराध बोक्न म तयार छैन’: देउवा

‘यस्तो कलङ्क र अपराध बोक्न म तयार छैन’: देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब आफू यस्तो कलङ्क र बोक्न तयार नभएको बताएका छन् । उनले कांग्रेसलाई महाधिवेशन नगराउने कलङ्क आफूले बोक्न नचाहेको उनले बताए ।

बिहीबारको केन्द्रीय समिति बैठकमा उने पार्टीको महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न र आरोप प्रत्यारोप बन्द गर्न आग्रह गरेका थिए । बैठकको सुरुवातमै भूमिका बाँधेर देउवाले आफू कलङ्क बोक्न तयार नरहेको बताए ।

उनले पार्टीलाई बचाउनको लागि पनि अब महाधिवेशन तार्न नसकिने बताएका थिए । महाधिवेशन नगर्ने सबै विकल्प सकिएको बताउँदै महाधिवेशन सम्पन्न गर्ने एकमात्रै विकल्प बाँकी भएको बताए ।

पार्टीमा विभिन्न खालका आशंका उब्जिएको भन्दै देउवाले अब त्यस्ता आशंका पालेर नबस्न आग्रह गरेका थिए । उनले संविधान संशोधन बाहेक सबै विकल्प सकिएकाले पनि महाधिवेशनको विकल्प नभएको बताए ।

सभापति देउवाले आफू महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार नरहेको बताएका थिए । देउवाले भनेका थिए, “महाधिवेशन गराउँदैन कि भनेर आशंका नगर्नुस् ।