हावाहुरीले जलजलामा बेपत्ता भएका सात जना भेटिए

हावाहुरीले जलजलामा बेपत्ता भएका सात जना भेटिए

जलजला । पशु-चौपाया लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएका बेला हावाहुरुमा परि बेपत्ता भएका सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उनीहरुलाई भेटाएर आगो तपाउने र आवश्यक खाना खुवाउने काम गरिएको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका वडा नं ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय  भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रबार बिहान मात्र भेटिएको डिएसपी थापाले जानकारी दिए ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचारको काम पाटनमै गरिएको थापाले बताए ।