बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेपाल पक्षका नेताहरूको माग

बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेपाल पक्षका नेताहरूको माग

बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले माग गरेका छन्।

नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गर्दै आज विज्ञप्ति निकालेका छन्। निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन पनि सरकारसँग स्थायी कमिटी सदस्यहरूको माग छ।

बाढीपहिरोपीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप उनीहरूले लगाएका छन्। प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनीहरूको सबैमा अपिल छ।