झोलुंगे पुलमाथि उर्लियो ईन्द्रावती,  घाइते गाउँपालिका अध्यक्षलाई पिठ्युँमा बोकेर तारियो

झोलुंगे पुलमाथि उर्लियो ईन्द्रावती,  घाइते गाउँपालिका अध्यक्षलाई पिठ्युँमा बोकेर तारियो

खुट्टामा चोट लागेका सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई ईन्द्रावती नदीमाथिको जोखिमयुक्त पुलबाट बोकेरै नदी तारिएको छ।

दुई दिनदेखि ईन्द्रावती नदीमा बाढी उर्लेको छ। उक्त बाढीले मेलम्चीबाट टिपेनी जाने मेलम्ची बगैंचास्थित ईन्द्रावती नदीमाथिको पुललाई पनि क्षति पुर्‍याएको छ।

नदीमा आएको भेलले झोलुंगे पुलसम्मै छोएको छ। गाउँपालिका अध्यक्ष टासी घाइते भएकाले सहयोग लिएर अर्का एक व्यक्तिको पिठ्यँमा उक्त जोखिमयुक्त पुल पार गरेका हुन्। यो पुलबाट स्थानीय बासिन्दाहरू पनि जोखिमयुक्त तवरबाट आउजाउ गरिरहेका छन्।