ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाण्डौ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले सस्तो भएको छ ।

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।