२९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

२९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा  देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी  ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।