मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने दिन दीपक मनाङे सम्पर्कविहीन

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने दिन दीपक मनाङे सम्पर्कविहीन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन बनेका छन् । उनको मोबाइल स्वीच अफ छ ।

मनाङे बस्ने गरेको पोखरा, बुद्धचोकस्थित घरमा उनी छैनन् । काजीपोखरीमा बहिनीसँग बस्ने गरेको भनिए पनि उक्त घरमा पनि मनाङे नभएको बताइन्छ ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।