शनिबारसम्म धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

शनिबारसम्म धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । आज  देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन सम्बन्धित सबैमा मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि त्यस्तै किसिमको वर्षा देशका धेरै स्थानमा जारी रहने सम्भावना छ। शुक्रबार पनि दिउँसो तथा राति देशका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी शनिबार पनि देशका धेरै स्थानमा त्यस्तै खालको वर्षा हुने सम्भावना छ। राति भने प्रदेश १ का एक दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ स् ‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। स्थानअनुसार आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’