गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

उनको सचिवालयले दिएको जानकारीअनुसार संविधानमा भएको व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।