काठमाडाैं । खाली सात मन्त्रालयमा मन्त्री नियुक्ति गर्न प्रधानमन्त्री केपी ओलीले छलफललाई तिब्रता दिएका छन् । आकांक्षी धेरै हुँदा मन्त्री छान्न ओलीलाई सकश परेको छ ।
बागमती प्रदेशबाट महेश बस्नेत र गोकुल बाँस्कोटा प्रतिष्पर्धी देखिएका छन् । दुवै प्रधानमन्त्री ओली निकट रहेकाले दुवैको मन्त्री बन्ने सम्भावना रहेको एमालेनिकट स्रोत दाबी गर्छ । प्रधानमन्त्री ओलीले महेश बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले गोकुललाई मन्त्री बनाउन सिफारीस गरेको चर्चा छ ।
प्रधानमन्त्री ओलीले एउटालाई छोडेर अर्कोलाई मन्त्री बनाउन सक्ने अवस्थामा छैनन् । किनकी दुवै नेता उनी निकट मानिन्छन् । बस्नेतको देशभरी संगठन बलियो छ । नेताद्वय बाँस्कोटा र बस्नेत मन्त्री भए दुवै जना बन्ने नभए एक जना पनि नबन्ने अवस्था रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
महेश बस्नेत निरु पाललाई मन्त्री बनाउनुपर्ने अडानमा देखिएका छन् । आफू निकट रहेकी पाललाई मन्त्री बनाउन बस्नेत लविङमा रहेको बुझिएको छ । बस्नेत युवासंघको अध्यक्ष हुँदा पाल उपाध्यक्ष थिईन ।