आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । गएको शुक्रबार तोलामा १५ सय रुपैयाँले गिरावट आएको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० कायम गरेको छ । गएको शुक्रबार तोलाको ९३ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९३ हजार ६०० कायम गरिएको छ । शुक्रबार तोलाको ९२ हजार ९०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले वृद्धि आएको महासंघले जनाएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ रुपैयाँ कायम गरिएको छ ।